मकवानपुर जिल्ला प्रशासनले ल्यायो, तामाङ भाषामा नागरिक बडापत्र
माघ, हेटौडा – मकवानपुर जिल्ला प्रशासन कार्यालयले तामाङ भाषामा नागरिक बडापत्र शुरुवात गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरमा पहिलो पटक तामाङ भाषामा नागरिक बडापत्र राखिएको हो।
कार्यालयले माघ १२ गते शुक्रवारबाट तामाङ भाषामा नागरिक बडापत्र सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार तामाङ जातिको बाहुल्यता रहेको मकवानपुरका विभिन्न पालिकाबाट कामको सिलसिलामा आउने सेवाग्राहीको सहजताका लागि तामाङ भाषामा नागरिक बडापत्र सुरु गरिएको बताए ।
‘नागरिक बडापत्रमा यहाँका समुदायमा बोलिने जनबोलीको भाषा समावेश गरिएको छ’¸उनले भने¸‘ बडापत्रलाई अडियोका माध्यमबाट समेत कार्यालयको प्रत्येक कोठामा सुन्न सकिनेछ ।’
बडापत्रमा कार्यालयको विभिन्न शाखाले उपलब्ध गराउने सेवा र ती सेवा प्राप्त गर्न आवश्यक कागजात र समयावधिको जानकारी उल्लेख गरिएको छ। यसअघि, बागमती प्रदेश सभाले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पास गरेको छ ।
हेर्नुहोस् नागरिक वडा पत्र
tamang_basha_nagarik waDa patra