सर्लाही एम्बिसन एकेडेमीले मनायो, १५ वार्षिकोत्सब तथा अभिभावक दिवस

राजु लो तामाङ
२० माघ २०८०, शनिबार ०७:३५

माघ, सर्लाही (हरिवन) – सर्लाही एम्बिसन एकेडेमी बोर्डिङ स्कुलले आफनो १५ औं विद्यालय स्थापना तथा अभिभावक दिवस मनाएको छ ।

हरिवन १० नयाँ रोडमा रहेको सर्लाही एम्बिसन एकेडेमीले १५ औं स्थापना तथा अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रमको अवसरमा विद्यालयले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाएको विद्यालयले जनाएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेश पाख्रिनको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले दिप प्रज्वलन गर्दै केक काटेर स्थापना दिवस मनाएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा लेसी वाईबाले कोरिएको नगर प्रमुखको तस्बिर प्रमुखलाई नै प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाबाट लेखिएका रचनाहरुको किताब सृजनाका लहरहरु भाग २ उप प्रमुख हरिमाया घलानबाट विमोचन गरिएको थियो । त्यस्तै कार्यक्रममा गायन प्रतियोगिता समेत आयोजना गरिएको प्रधानाध्यापक सुरेश पाख्रिनले जानकारी गराए । जसमा माध्यमिक तर्फ देवराज सिङ्तान प्रथम र योन्तेन लामा दोस्रो भएका छन भने प्राथमिक तर्फ युगासा स्याङ्तान प्रथम र प्रिन्स पाख्रिन दोस्रो भएका छन । गायन प्रतियोगिताको निर्णायकमा तेज नारायण आले र वासुदेव वाग्ले रहनु भएको थियो ।

कार्यक्रममा विज्ञान परियोजना कार्य, विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, लगायत शैशिक प्रदर्शनीहरु समेत राखिएको थियो । शैक्षिक प्रदर्शनमा राखिएका विभिन्न सामाग्रीहरुलाई अभिभावकले विद्यार्थीहरुको क्षमता र सीपको प्रशंसा गरेका छन ।

कार्यक्रममा अतिथिहरु हरिवन ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना, १० का कार्यबाहक वडा अध्यक्ष अन्जना शिवाकोटी, बद्रि स्याङ्तान, विष्णु राई विनोद साह, सुबोध मण्डल, भोला घिमिरे, भिम मगर लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । विद्यालयकी शिक्षिका कविता राउतले स्वागत मन्तव्य र विद्यालयको बारेमा संस्थापक बुद्ध कुमार पाख्रिनले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*