प्रकाश तितुङको सेलोले ततायो, मनहरी महोत्सव

तामसालिङ खबर
१८ माघ २०८०, बिहीबार २०:०२

माघ, हेटौडा (मनहरी) – पाँचौ मनहरी महोत्सवको तेस्रो दिन सेलो गायक प्रकाश तितुङ सँग मनहरीका दर्शक झुम्मिएका छन् । गायक तितुङले आउँदै गरेको ल्होछारको समेत सम्झना गर्दै ‘ग्याम्सङ गैरीला आनिला जामे होई नक्कली’, ‘सोनाम ल्होछार चु ह्याङला छार्नालाई’ लगायत उनका चर्चित सेलो र तामाङ गीतहरु गाइरहँदा दर्शकहरु दर्शकदीर्घामा हुटिङसहित नाचिरहेका थिए ।

तेस्रो दिनको सांस्कृतिक प्रस्तुतिमा स्थानीय गायक गमबहादुर चेपाङ सहित सम्झना श्रेष्ठ र गोविन्द अधिकारीले दोहोरी सहित विभिन्न गीत संगीतहरु प्रस्तुत गर्नु भएको थियो भने नियमित रुपमा आस्था कला केन्द्रले आफ्नो प्रस्तुतिलाई निरन्तरता दिएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सदस्य एबम कला संस्कृति संयोजक बिष्णुराम कालाखेतीले बताउनुभयो ।

भोलि माघ १९ गते चर्चित हाँस्य कलाकार मनोज गजुरेले आउने हुनु भएको छ । उहाँसँगै गायकहरु बिशाल काल्तन र कृष्ण रेउलेको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । त्यसैगरी सन्जिता चेपाङ, अमित लोप्चन, प्रमिला मगर र एन्फेरियर ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । शुक्रबार पनि भएको र बरिष्ठ कलाकारको समेत आगमन हुने भएकाले विद्यालय तथा सरकारी कार्यालयका कर्मचारीहरुको समेत सहभागिता हुने अपेक्षा आयोजकले राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*