सेयर अभिमुखिकरण तालिमको तयारी पुरा
राजकुमार के.सी.
हेटौंडा । १९ माद्र/लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भाद्र २२ गते सञ्चालन हुने १ दिने सेयर अभिमुखिकरण तालिमको तयारी पुरा भएको छ ।
शनिवार थाहा नगरको जेसीज हलमा हुने तालिमाको लागि नाम दर्ता गर्ने क्रम रहेको क्लवका सचिव अजय कार्कीले बताए । सचिव कार्कीले तालिममा १ सय जनालाई सहभागी गराईने भएकोले छिट्टै नाम दर्ता गराई सिट सुरक्षित गर्न ईच्छुक ब्यक्तिहरुलाई अनुरोध गरे ।
सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सहजीकरण गर्ने आयोजकले जानएको छ ।भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् ।भट्टराइको अनुभव नयाँ लगानीकर्ता र सेयर बजारको बिषयमा चासो राख्नेहरुका लागि उत्प्रेरणा हुने भएकोले तालिमको आयोजना गरिएको क्लवका सचिव अजय कार्कीले बताए ।शनिबार बिहान १० बजेदेखि तालिम सञ्चालन हुने भएकोले सो तालिममा सहभागिहुनको लागि ईच्छुक ब्यक्तिहरुलाई क्लवका अध्यक्ष शिशिरकुमार खत्रीले बताए ।
तालिममा सेयर सम्वन्धी आधारभूत ज्ञान, समसामयिक जानकारी र परामर्श दिइने भएकोले सेयरबजारका बिषयमा जानकारी लिन चाहने सबैको लागि तालिम उपयुक्त हुने क्लवका पूर्व अध्यक्ष कमल बिष्टले बताए । सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बरेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने र सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई प्रोत्सहान गर्न तालिमको आयोजना गरिएको पूर्व अध्यक्ष बिष्टले बताए ।