खोलाले बगाई मृत्यु भएकी बालिकाको परिवारलाई गाउँपालिकाको ५० हजार सहयोग
हेटौंडा । मनहरी गाउँपालिकाले खोलाले बगाई मृत्युभएकी बालिकाको परिवारलाई राहत स्वरुप नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । शुक्रबार एक समारेह बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेक मार्फत रकम हस्तान्तरण गरेका हुन् । मृत बालिकाको बुवा जितेन्द्र गुरुङ्गलाई चेक हस्तान्तरण गरीएको हो ।
गत भदौ २५ गते भिषण वर्षाका कारण आएको बाढीले घर नजिकैको खोल्सामा बगाएर मनहरी ८ सिम्पानीकी रन्जिता गुरुङ्गको मृत्यु भएको थियो । सो घटना विद्यालयबाट फर्किने क्रममा भएको थियो।