जेसीज कप ब्याडमिन्टन प्रतियोगिता : देब र नरेन्द्रको टिमले जिते उपाधि
राजकुमार के.सी. हेटौंडा । १५ भदौ/थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको टिमले जितेकाछन् । शनिबार भएको फाईनल खेलमा संग्राम खत्री र मधुसुदन चौधरी टिमलाई पराजित गरि देब र नरेन्द्रको टिमले उपाधि जितेको हो । शनिबार नै भएको सेमिफाइनल खेलमा देब अर्याल र नरेन्द्र मोक्तानको टिमले र सुवाश थापा र समराज पाख्रीनको टिमलाई पराजित गरि र संग्राम खत्री र मधुसुदन चौधरीको टिमले रामचन्द्र कार्की र बिमल बिष्टको टिमलाई पराजित गरि दुई टिम फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः...