परिवर्तन सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

तामसालिङ खबर
१४ आश्विन २०८१, सोमबार २०:५०

हेटौंडा । हेटौंडा-३, बसामाडीमा रहेको परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। शनिबार महेन्द्र किरण माविको सभाहलमा संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाकी अध्यक्ष सर्मिला न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन्। संस्थाका कोषाध्यक्ष मनिका अधिकारी र सचीव कबिता बर्तौलाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरिन्। यस्तै, कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समिति संयोजक सम्झना न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका सहकारी विभाग हिम प्रमुख प्रसाद पौडेल, नेफ्स्कुन फिल्ड कार्यलय प्रमुख बिदुर खड्का र राष्ट्रिय सहकारी बैंक प्रमुख रामेश्वर अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा-३, टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष रोशन गोले, ग्रामीण महिला सेवा केन्द्र सदस्य मन्जु कुमारी थिङ, महेन्द्र किरण मावि विव्यस अध्यक्ष हर्कबहादुर पाख्रीन, मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष हरिवंश भेटवाल, दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष दिपक बर्तौला लगायतको उपस्थिति थियो ।

कार्यक्रम जिल्ला बचत संघ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*