ने.वि.संघले गर्यो अधिवेशन लक्षित सदस्यता वितरण

तामसालिङ खबर
१२ पुष २०८१, शुक्रबार १९:१८

हेटौंडा । नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन लक्षित राष्ट्रव्यापी सदस्यता वितरण आजबाट मकवानपुर जिल्लामा पनि सुरु भएको छ ।

ने.वि.संघ केन्द्रीय प्रतिनिधि साजन तामाङको संयोजकत्वमा पार्टी तथा ने.वि. संघका नेताहरू उपस्थितिमा सदस्यता वितरणले तिव्रता लिएको जानकारी ने.वि. संघ केन्द्रीय सदस्य उमेश स्याङ्तानले दिनु भएको छ ।

विद्यार्थीको हकहितका निम्ति हामी सबै विद्यार्थी एक हुनु जरुरी रहेकोले ने.वि.संघको सदस्यता लिएको भनी हेटौंडा क्याम्पसका विद्यार्थी हरुले बताएका छन् ।

विद्यार्थीहरुका नेतृत्व विकास र व्यक्तित्व निर्माणमा ने.वि.संघले भुमिका निर्वाह गर्ने हुँदा विद्यार्थीहरुले उत्साहपुर्ण सदस्यता ग्रहण गरेको भनी ने.वि.संघ नेता सन्देश पटेलले जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*