२२ औं स्मृति दिवसमा रुद्र पाख्रिनको शालिकमा माल्यार्पण

हेटौंडा । २८ पौष/ तत्कालिन नेकपा माओवादी मकवानपुरका नेता रुद्र बहादुर पाख्रिन (रमेश)को २२ औं स्मृतिमा आईतबार मकवानपुरगढी ४ रुद्र बाटिकामा रहेको पाख्रिनको पूर्ण कदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरियो । २०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पौष २८ मा तत्कालिन सरकारपक्षले मकवानपुरको छतिवन गाबिसको गरगरेमा हत्या गरेको थियो । नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटीको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मोक्तानले जनताको मुक्ति र समाजको विकासको लागि रुद्र...