राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल राष्ट्रिय युवाको भेला सम्पन्न

हेटौंडा । राष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला समन्वय समिति गठन कार्यक्रम सम्पन्न भएको छ । योग बहादुर भोल्नको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको जिल्ला भेलाले १३ सदस्य सहित कमिटी गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य एवम प्रशिक्षण विभाग प्रमुख भिम रुम्बा, विशिष्ट अतिथि नेपाल समाजवाद पार्टी केन्द्रिय कार्यकारी समिति सदस्य सोबिन थिङ्ग, अथितीमा राष्टिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा राष्टिय युवा संगठन केन्द्रिय महासचिव जितु गोले लगायतको उपस्थितिमा राष्ट्रिय मुक्ति पार्टी नेपाल मकवानपुरको जिल्ला कमिटी गठन सम्पन्न भएको हो ।
त्यसै गरी राष्ट्रिय मुक्ति पार्टी नेपालको वाएल(YIL) राष्ट्रिय युवा संगठन शुभाष दोङ्ग को अध्यक्षतामा २१ सदस्य कमिटी गठन सम्पन्न भएको छ ।