आजको सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

तामसालिङ खबर
१६ माघ २०८१, बुधबार १२:०२

हेटौंडा । सुनको मूल्य बुधबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो ।

अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*