नेकपा (माओवादी केन्द्र) हेटौंडा १९ नं वडा समितिद्वारा थोकर प्रति श्रद्धाञ्जली अर्पण

तामसालिङ खबर
२२ माघ २०८१, मंगलवार १४:०६

हेटौंडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले शान्तिमाया थोकर प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले जनयुद्धका महान सहिद बिर बहादुर थोकरकी जीवन संगिनी शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो ।

आइतबार एक शोक वक्तव्य निकाल्दै नेकपा माओवादी केन्द्र मकवानपुरले थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो । १० वर्षे जनयुद्धमा मनहरी २,भिमान आक्रमणमा सहादत प्राप्त गरेका महान सहिद वीर बहादुर थोकरकी श्रीमती शान्तिमाया थोकर विगत लामो समयदेखी घाँटीको क्यान्सर रोगसँग लड्दै हुनुहुन्थ्यो । उपचारकै क्रममा माघ १५ गते उहाँको देहावसान भयो । वि.स. २०२८ माघ १० गते जन्म भएका शान्तिमाया थोकरको ५३ वर्षको अल्पायुमै निधन भएकोले सिंगो पार्टीले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरिएको छ ।

हेटौंडा १९,बस्तिपुर स्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) र नेकपाले सोमबार संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गरि मृतक शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । श्रद्धाञ्जली सभामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य प्रलाद लामिछाने, नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुका इन्चार्ज राम सी, केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी पेमा सी, वीर बहादुर घलान (ज्वाला) नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य बिबेक राई लगायतको उपस्थिति रहेको छ ।

नेकपा (माओवादी केन्द्र) हेटौंडा-१९ का अध्यक्ष पूर्ण घलानको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सन्चालन नेकपाका सचिवालय सदस्य तथा मनहरी गा.पा सेक्रेटरी सुर्य सीले गरेका हुन् । कार्यक्रम नेकपा (माओवादी केन्द्र) हेटौंडा-१९ नं वडा समिति द्वारा आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*