जसपा नेपाल मकवानपुरका अध्यक्ष र सचिव निस्कासन : विशेष भेलाबाट उत्तम गोम्जाको अध्यक्षतामा ५१ सदस्य

तामसालिङ खबर
१५ पुष २०८१, सोमबार ०७:४८

हेटौंडा । १४ पौष/ जनता समाजवादी पार्टी नेपाल मकवानपुर जिल्लाको विशेष भेलाबाट उत्तम गोम्जा को अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटी र १७ सदस्य जिल्ला सचिवालय समिति गठन गरिको छ ।

जसपा नेपाल मकवानपुरले ४ महिने अभियान जनता संग जसपा नेपाल भन्ने अभियानलाई व्यवास्ता गरेकोभन्दै मकवानपुरका जिल्ला अध्यक्ष सोम बा.घलान र सचिव दिपक सिंतानलाई पार्टीको विधान विपरीत विभिन्न कामकार्यहरु गर्दै आएकोले जिल्ला पार्टीको पदबाट साधारण सदस्य रहने गरी पदबाट दुबै जनालाई निस्कासन गरिएको जसपा नेपाल केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विधुत बज्राचार्यले बताए छन् ।

कार्यक्रममा प्रमुख अतिथि जसपा नेपाल केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विधुत बज्राचार्य र कार्यक्रममा विशिष्ट अतिथि कार्यकारिणी सदस्य एवं केन्द्रीय युवा फोर्सका अध्यक्ष तारा विश्वकर्मा त्यसैगरी अतिथिहरुमा केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राष्ट्रिय समितिका अध्यक्ष ज्ञानु लामा, केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मेजरमान मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*