अखिल (क्रान्तिकारी)जिल्ला समिति मकवानपुरले ३०औं जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनायों

हेटौंडा । ०२ फाल्गुन/अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा मकवानपुर बहुमुखी क्याम्पसको बोटानीकल गार्डेनमा बृक्ष्यरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कुमारी मोक्तानले अब हरेक क्याम्पस लगायत स्कुलहरुमा यस्तो सकारात्मक कामहरु गर्नुपर्ने जानकारी दिनु भयो । उक्त कार्यक्रममा आँप, अम्बा, बेल लगायत १० प्रकारका फलफूलहरुको बिरुवा रोपिएको हो ।
त्यस्तै अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारले जनयुद्ध दिवसमा दिएको बिदा सर्वोच्च अदालतले खारेज गर्नु दुखद भएको दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले बताए । सबै माओवादी घटकहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले व्यवस्था परिवर्तनमा जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताए ।
त्यस्तै अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस इकाइ समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रिय सदस्य बिजय गौतमले गणतन्त्र प्राप्तिको निम्ति जनयुद्धको भुमिका महत्वपूर्ण रहेको बताए ।
त्यसैगरी अखिल (क्रान्तिकारी) पालुङ बहुमुखी क्याम्पस इकाइ समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुर सह-सचिब सुबाश थोकर, पालुङ क्याम्पसका स्ववियु सभापति पुस्कल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी अखिल (क्रान्तिकारी) कृषि तथा बन विश्व विध्यालय इकाइ समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य रोजलले गणतन्त्र प्राप्तिको निम्ति जनयुद्धमा अखिल (क्रान्तिकारी)को भुमिका महत्वपूर्ण रहेको बताए । साथै अहिले हालको बर्तमान केपी सरकारले जनयुद्ध शब्दलाई नकारात्मक टिप्पणी गर्दा यसले आम जनता दुखिद तुल्याएको बताए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा १९ नं. र अखिल (क्रान्तिकारी) निर्मल बहुमुखी क्याम्पस इकाइ समितीको संयुक्त आयोजनामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।
बस्तिपुर चोकमा भएको आज दिप प्रज्जवलन कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका प्रदेश समिती सदस्य सागर उप्रेतिले जनयुद्धको कारण निरन्सुक सासनको अन्त्य सङै समाजमा अधिकार,चेतना,न्याय र स्वतन्त्र चाहने ब्यक्तिलाई स्वतन्त्रता प्राप्ति भएको जानकारी गराए । उक्त कार्यक्रमहरु अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको नेतृत्वमा भएको अध्यक्ष बुद्धराज अर्यालले बताएका हुन् ।