अखिल(क्रान्तिकारी)को औधोगिक क्षेत्र भ्रमण

तामसालिङ खबर
२९ माघ २०८१, मंगलवार १९:४५

हेटौंडा । २९ माघ/अखिल(क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् ।

शैद्धान्तिकसंगै ब्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइलीले बताए ।

क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीको समूह सहित हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुको बस्तुस्थिति उद्योग सञ्चालनको प्रक्रिया, उद्योगमैत्री वातावरण लगायतको जानकारी एवम् अध्ययनको लागि अबलोकन भ्रमण आयोजना गरिएको हा ।
हेटौंडाको प्रख्यात मल्टिनेसनल कम्पनी एनटार्टिक बिस्कुटस्, स्यानिटरी प्याड लगायत अन्य हाइजेनिक बस्तु उत्पादन गर्ने कम्पनी सोफ्टी हाइजिन प्रा.लि., कार्टुन उत्पादन गर्ने कम्पनी मालिका प्याकेजिङ प्रा.लि. र हाल बन्द रहेको उद्योग हेटौंडा सिमेन्ट इन्डस्ट्रिजको अवलोकन गरिएको थियो ।

अबलोकन, भ्रमण कार्यक्रममा अखिल(क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सदस्य मिनेश पुडासैनी, अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइली, सचिब ईश्वर ढुङेल, अखिल (क्रान्तिकारी) फोर्स मकवानपुरका सदस्य रबिन चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*