सडक मानवमुक्त राष्ट्र घोषणाका लागि राक्सिराङ्ग गाउँपालिकाको प्रतिवद्धता

तामसालिङ खबर
२३ जेष्ठ २०८२, बिहीबार ०५:३७

जेठ,राक्सिराङ्ग – सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मकवानपुरमा पहिलो पटक राक्सिराङ्ग गाउँपालिकाले बुधबार प्रतिवद्धता जनाएकाे छ। पालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मानवसेवा आश्रमले सहकार्यका लागि प्रस्ताव पेश गरेको थियाे ।

गाउँपालिकाले आश्रमसँग सहकार्य गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा र कार्यान्वयनको लागि प्रतिबद्धता जनाएकाे हाे। गाउँपालिका अध्यक्ष मल्लले, ‘मानवसेवा आश्रमले मानवता प्रवर्द्धन महाअभियानमा गरेको योगदान प्रशंसनीय रहेको बताउदै आगामी बजेटमा आश्रमको स्तरउन्नतिको निम्ति सहयोग गर्ने समेत बताउनुभयो ।

त्यस्तै, उहाँले राक्सिराङ्ग गाउँपालिका क्षेत्र र पुरै नेपाललाई नै सहायोगापेक्षी सडक आश्रित मानवमुक्त वनाउने कार्यमा आश्रमसँग आवश्यक सहकार्य गर्न प्रतिवद्धता रहेको बताउनु भयो।

सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न संघसंस्था सँग समन्वय र सहकार्य गरी बि.स. २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने नेपाल सरकारको घोषणा कार्यान्वयन गर्न ऐक्यवद्धता रहेको पत्रमा उल्लेख छ। सोहि समयमा पालिका र आश्रम बीच स्नेह मिलन कार्यक्रम भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न संघसस्थाको प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*