राक्सिराङ्गमा मनाइयो, विश्व वातावरण दिवस

तामसालिङ खबर
२३ जेष्ठ २०८२, बिहीबार १३:४४

जेठ, राक्सिराङ्ग – ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा विश्व वातावरण दिवस मनाइएको छ । राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनको महत्वको बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो।

बिहिबार बिहानै पालिकाको सभाहलमा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनको महत्वको बारेमा कार्यक्रम भएको थियो। लगत्तै भव्य र्‍यालीको आयोजना गरी गरिएको थियो। र्‍यालीमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, पालिका कर्मचारी, स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, र स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले प्लास्टिक प्रदूषणको विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर र्‍यालीमा भाग लिएका थिए। र्‍याली पश्चात, पालिका परिसरमा वृक्षारोपण गरिएको थियो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राज कुमार मल्लले हरित गाउँपालिका बनाउने अभियानलाई सार्थकता दिनको लागि अब फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका निर्ममतापूर्वक लाग्ने बताउनु भयो।

यस वर्षको विश्व वातावरण दिवसको मुख्य उद्देश्य प्लास्टिक प्रदूषणको विरुद्धमा जनचेतना फैलाउनु र वातावरणमैत्री विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु रहेको छ। राक्सिराङ्ग गाउँपालिकाले यस दिवसको अवसरमा स्थानीय बासिन्दाहरूलाई प्लास्टिकको प्रयोग घटाएर पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूको प्रयोग गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*