कैलाशको गाउँसभामा चेली सहित विभिन्न व्यक्ति सम्मानित
पुष, हेटौडा (कैलाश) – कैलाश गाउँपालिकाको १७ औं गाउँसभा हिउँदे अधिबेशनमा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो। १२ कक्षा उत्र्तीण पश्चात २० वर्ष पुरा भई विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा कैलाश ९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश १ की विमला थापामगर र रीता थापामगर, कैलाश २ की पुष्पा प्रजा, कैलाश ५ की सिर्जना दर्लामी मगर रहेका छन्।
त्यस्तै, स्वास्थ्य तर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो।
यसै गरी, प्रशासन तथा प्राविधिक तर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश ९ मा कार्यरत सव इन्जिनियर धिरेन्द्र राई, कैलाश २ का वडा सचिव नितेश कुमार यादव, कैलाश १ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश ८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा कमलादेवी माध्यमिक विद्यालय, एसईइमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
यसैगरि सेवा निवृत पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्धय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकमा प्रावितर्फ सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक वाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्धय सिंह बहादुर प्रजा र पदमराज रुम्बालाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश ८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सुर्यबहादुर थिङलाई नगद सहित सम्मान गरिएको थियो ।





