मनहरी गाउँपालिकाले बनायो ५ पक्की पुल

तामसालिङ खबर
३२ जेष्ठ २०८२, शनिबार १९:१२

་ེजेठ, मनहरी – मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट निर्माण गरेका ५ वटा पक्की पुलमध्ये बाँकी दुईवटाको उद्घाटन गरेको छ । बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले ठाडो खोला र हाँडीखोला पुलको उद्घाटन गरेको हो ।

गाउँपालिकाले ३३ करोड भन्दा बढी खर्चेर मनहरीका १ देखि ४ नम्बर वडालाई जोड्ने गरी लामिटार-मकरी-चकरी-बेलडाँडा सडकखण्डमा ५ वटा पक्की पुल निर्माण गरेको हो। ती मध्ये ३ वटा पुल गत वर्ष नै उद्घाटन भइसकेका थिए।

गत वर्ष उद्घाटन गरिएका पुलहरूमा ६ करोड २८ लाखमा बनेको च्यापल खोला पुल, ६ करोड ४९ लाखमा बनेको ट्वाङ्ग्रा खोला पुल र ६ करोड ५९ लाखमा बनेको मसिने खोला पुल छन्। पुल उद्घाटन कार्यक्रममा बोल्दै सांसद बानियाँले गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण भएका पुलहरूले स्थानीय कृषि उपजको बजारीकरणमा टेवा पुग्ने बताएका छन्।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माणपछि ४ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै अब सडक स्तरीकरणमा ध्यान दिने बताएका छन् । उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, मनहरी काँग्रेस सभापति प्रकाश वर्ताैला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*