मनहरी बसन्तपुरको टासी छ्योइलिङ गुम्बामा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

तामसालिङ खबर
१६ आश्विन २०८२, बिहीबार १७:२९

असोज, मनहरी – पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ। मनहरीको वडा ५ बसन्तपुर गुम्बा टोल स्थित टासी छ्योईलिङ गुम्बामा असोज १३ गते फूलपाती देखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत आज बिहिबार सम्पन्न भएको हो ।

नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू ३८ जना सहभागी रहेको थियो। बौद्धधर्मलम्बिहरुले दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले देशैभरको गुम्बामा मौनव्रत बस्ने गरेको छ।

मौनव्रत फूलपातीको दिन लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू जम्मा भै १४ गते अष्टमीको दिन बिहान शिल ग्रहण सोक्ज्योङ मौनव्रत, नवमीको दिन खानपान र पानी समेत नखाई निराहार मौनव्रत बसी १६ गते दशमी बिहिबार बिहान सातु, तातोपानी र फलफुल खाई मौनव्रत बिसर्जनपछि प्रमुख गुरुबाट प्रवचन, पुजापाठ, प्रसाद (छोग) ग्रहण छेवाङ अभिषेक टासी मंगल गरि ञ्युङ्ने मौनव्रत कार्यक्रम सम्पन्न भएको थियो।

त्यस्तै, ६ वर्षपछि पुन: सन्चालनमा ल्याएको ञ्युङ्ने मौनव्रत व्रत अझै परिस्कृत गरि बौद्धधर्म सस्कृतिको चेतना सबैमा जागृत गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने गुम्बा व्यबस्थापन समितिको अध्यक्ष राजाराम स्याङ्तान बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*