‘बुझेर अनलाइन चलाउने कम नै छन्’ अनलाइन न्यूज पाेर्टलको रामकहानी

संजीब ढुंगाना
२३ बैशाख २०७६, सोमबार ०८:०५

काठमाडौँ – अहिले नेपालमा देख्दा फस्टाएको तर सबैभन्दा दुःखित पेशा हो अनलाइन न्यूज पोर्टल चलाउनु । मुन्छेपिच्छेका अनलाइन न्यूज पोर्टल अनि चर्चा गर्ने आफैँ । कसको कुन न्यूज आउँछ र तनावमा जनता । यही हो हाम्रो दैनिकी आजकल् । हुनेदेखि नहुनेसम्मका लाइकले बेला बेला त खुसी नै पो बनाउँछ सर्वसाधारणलाई ।

१५ सयको हाराहारीमा त सूचना विभागमा दर्ता भएका छन् अनलाइन न्यूज पोर्टलहरु । अधिकांश न्यूजमा अपडेट  छैनन् । बजारमा अहिले यस्ता अनलाइनहरु चलेका छन जसले पत्रकारिताको मूल्य र मान्यता बेचेका छन् । ति न कुनै स्थानमा दर्ता भएका छन न आचारसंहिताको पालना नै । दर्ता भएकाहरू पनि चम्चाको भरमा दैनिक ज्याला खान वाध्य छन् । दिनभरी उनकै भक्ति गरेर भित्तो भर्ने गरेका छन् ।

अनलाइन न्यूज पोर्टल चलाउन अत्यन्तै दुःख छ । यसो हेर्दा एउटा टेम्प्लेटभित्र देखिन्छ तर त्यसलाई पाल्न अत्यन्तै गाह्रो छ । खर्चले बरू दैनिक पत्रिका निकाल्न सजिलो होला तर अनलाइन संस्करण उत्तिकै कठिन छ । गाडि किन्नु र टिकाउनु जस्तै हो अनलाइन न्यूज पोर्टल ।

अनलाइनको भित्तो, राम्रो ढाँचा, सर्भर र मेन्टीनेन्स, बजार प्रतिनिधिहरू, संवाददाताहरू, डेस्क सम्पादक, सम्पादक, फोटोग्राफर, भिडियो एडिटर, कार्यालय, कम्पनि, वडा र सूचना विभाग दर्ता न्यूनतम पूर्वाधारहरू हुन् । यसमा अधिकांशत खर्च मासिक नै हुन्छन् । अधिकांशतका संवाददाता कमै छन, राससलाई आधिकारीक ग्राहक बनाएका छन् । धेरै त पासवर्ड अर्काको प्रयोग गरेर पोर्टल चलाएका छन, उनैको नम्बर वान भन्छन नबुझ्नेहरू । लेखकहरू साप्ताहिक रूपमा लेख्ने चाहिन्छ नै गुणस्तरिय र विश्वासनीय अनलाइन न्यूज पोर्टल चलाउन । यसमा पनि उत्तिकै खर्च छ । त्यहिँमाथि नेट र सर्भरकाे समस्या सुनाइनसक्नु छ । कहिले छ त कहिले छैन ।

नेपालमा यी तथ्य बुझेर अनलाइन न्यूज पोर्टल चलाउने धेरै कम छन् । १० को तल टिकेका छन तर अरू सबै दाता र चम्चाको शिकारमा २० को हाराहारीमा अनि हचूवामा अरू चलेका छन् । केही घिसारिएको पनि छ । बुझ्नुस कसैबाट लगानी नभएकाहरू घिस्रिएका छन भन्न मिल्छ । जसले चलाएका र मै हुँ भनेर हिँडेका छन, विज्ञापन संकलन गरेका छन उनीहरूको पनि हालत एकदमै पतला छ । माथिका कुनै न कुनै पेमेन्टमा टाउको निहुराएर हिँडेका छन तर सबैले गाडी किस्तामा चढेकै छन् ।

नविन प्रविधि भएर पनि होला अझै हामी रेंकिङ्ग भन्दै सोध्छौँ, फेसबुकमा लाइक कति छ भन्छौँ, गूगल एनलाइटिक्स कति छ भन्छौँ । यी सब भ्रम हुन् । सबैसँग किन्न मिल्छ लाइक, रेंक र भिवर । खर्च गरेकाहरुकै बढी लाइक, रेंक र भिवर हुन्छन् । तसर्थ यो कुरा नबुझि तपाइँहरु यस्तो अवस्था र यति पुर्याएर मात्र सम्पर्क गर्नुहोला भनेर कोही विज्ञापन दाताले भन्नु नबुझ्नु हो । अर्को कुरा विज्ञापनको अवस्थामा सार्वजनिक सम्बन्धले निर्धारण गरेको छ, कुनै कन्टेन्टमा आधारित रहेर विज्ञापन पाउने र नपाउने कुनामा थन्क्याइएको छ ।

स्वच्छ पत्रकारिता त अब कथा भए । सेवामुखी संस्थामा कि मुन्छेको चल्छ कि विज्ञापन दाताको । धम्क्याएर विज्ञापनसँग बेचिने अनलाइनले पत्रकारितामा सदियौँ देखिको लगानीलाई बाइपास गरेको छ । यहाँ सत्य समाचारहरु पढिँदैनन तर हावाका समाचारहरु प्राथमिकतामा पर्छन् । फेरी विज्ञापनदाता पनि त्यस्तैको पछि लाग्छन र लागेका छन् । यसले न सत्य समाचारहरु आउनमा अवरोध पैदा गरिरहेका छन् । यो मामलामा देशका ठूला मिडियापनि मुछिएकै छन, देखिएकै हो ।

सानो बजारमा कोहि रहरले त कोही कहरले अनलाइन मिडिया स्थापना गरिरहेका छन् । पुरानामा नअट्ने नयाँमा र चलाउन नसकेर कोहि बन्द गर्ने वा कसैलाई बेच्नेक्रम अहिले बढ्दो छ । रैपनि नयाँ अनलाइन पोर्टल जन्मेका जन्म्यै छन, सकेकाले न्यूज हालेका छन नत्र धम्क्याएर बसेका छन् । समाचार नकारात्मक आउनेवित्तिकै बोलाउने अनि सम्झौता गर्ने । यो कुनै व्यापारीक प्रायोजन नभइ केवल ढाकछोपको लागि विज्ञापनको आदान प्रदान हुने पनि देखिएको छ । नकारात्मक समाचार आउँदा किन डराउने, त्यो पनि त्यहि संस्थाको बजारीकरण हो जुन अधिक जनताबीच पुग्ने गर्दछ । यो बुझ्नेले कहिल्यै रिसाउँदैन, समाचार सत्य नभए खण्डन गर्ने बाटो खुल्ला हुन्छ तर रोजिँदैन त्यो बाटो । यसबाट पनि तपाइँ हामी चुक्दा आज पत्रकारितालाई  अधोगतिको यात्रा तय गराउँदै गएका छौँ ।

अनलाइन केहीले बदमासी गर्ने अनि दोष सबैको टाउकोमा थुपार्नेक्रम बढेको छ अहिले । पोर्टल व्यवस्थापनमा सरकार लागिपरेको छ, आक्रमक रुपमा । उपनि हचूवाको तरिकामा प्रस्तुत भएको छ । उसले के विर्सेको छ भने पत्रकारलाई कानून बनाएर विद्युतिय ऐनमा पुर्याउने अनि स्वच्छ पत्रकारले बिना कुनै तलब मिडिया चलाउन नपाउने जस्तै नियम बनाउन लागिपरेको छ । तर सबैभन्दा अनलाइन बेथिति निर्माण गर्ने सरकार पक्ष नै देखिएको छ ।

अनलाइन न्यूज पोर्टलका फाइदापनि उत्तिकै छन तर प्रयोग हैन बेप्रयोग गरिएको छ । सम्झनुहोस् त कुनैपनि सूचना, समाचार, विज्ञापन क्षणभरमै संसारमा हात हातमा पुग्नु र तत्कालै सो वस्तु तथा सेवाको बारेका जानकारी पाउनु, नराम्रो हो र ? तपाईं विज्ञापन दाता, तपाईंको नयाँ नयाँ ढाँचाका विज्ञापनहरु तत्कालै हातमा पुर्याउँदा तपाईंका ग्राहक बढ्छन कि बढ्दैनन् । विज्ञापनदाताको लागि त अनलाइन न्यूज पोर्टल कोशेढुंगा हो । बस, वहाँहरुको सोचमा पुरातन प्रवृत्ति नै हाबी भएको छ । सूचना र जानकारीको लागि त झनै उस्तै फाइदा र उपयोगी छन् ।

यसो भनिरहँदा उट्पट्याङ न्यूज पोर्टलको शैली र व्यवहारले ए हो र !, छ्या अनलाइनहरु ! सुनिँदै आएको पनि छ । एउटाको गल्तिले सबैलाई पिरोलिइरहेको छ । तर सबै अनलाइन न्यूज पोर्टलहरु त्यस्ता छैनन् । उनीहरुको यात्रा अबिचलित छ भलै ट्राफिक नपाउन, गूगल एनलाइटिक्स सामान्य नै किन नहोस् ।

यसो भनिरहँदा उट्पट्याङ न्यूज पोर्टलको शैली र व्यवहारले ए हो र !, छ्या अनलाइनहरु ! सुनिँदै आएको पनि छ । एउटाको गल्तिले सबैलाई पिरोलिइरहेको छ । तर सबै अनलाइन न्यूज पोर्टलहरु त्यस्ता छैनन् । उनीहरुको यात्रा अबिचलित छ भलै ट्राफिक नपाउन, गूगल एनलाइटिक्स सामान्य नै किन नहोस् ।

नविन प्रविधि भएर पनि होला अझै हामी रेंकिङ्ग भन्दै सोध्छौँ, फेसबुकमा लाइक कति छ भन्छौँ, गूगल एनलाइटिक्स कति छ भन्छौँ । यी सब भ्रम हुन् । सबैसँग किन्न मिल्छ लाइक, रेंक र भिवर । खर्च गरेकाहरुकै बढी लाइक, रेंक र भिवर हुन्छन् । तसर्थ यो कुरा नबुझि तपाइँहरु यस्तो अवस्था र यति पुर्याएर मात्र सम्पर्क गर्नुहोला भनेर कोही विज्ञापन दाताले भन्नु नबुझ्नु हो । अर्को कुरा विज्ञापनको अवस्थामा सार्वजनिक सम्बन्धले निर्धारण गरेको छ, कुनै कन्टेन्टमा आधारित रहेर विज्ञापन पाउने र नपाउने कुनामा थन्क्याइएको छ । यस्ता एकाधमात्र अपवाद हुन् । हिरो हुनलाई यी कुराहरुको खेती भइरहेको छ यहाँ ।
अब तपाईं दर्शक, स्रोता, पाठक, विज्ञापनदाता कसको पछाडि लाग्नुहुन्छ ?

  1. विज्ञापन नदिँदा समाचार लेख्नेको पछाडि ।
  2. जेन्यून अनलाईन पोर्टलको पछाडी ।
  3. सम्बन्धको आधारमा ।
  4. चम्चेको पछाडि ।
  5. भिवरको आधारमा ।
  6. फेसबुकको लाइकका आधारमा ।
  7. रेंकिङ्ग हेरेर ।
  8. अन्य ।

सूचना, सामचार, विज्ञापन तपाईंलाई जतिसक्दो धेरै जनतामा स्वच्छ तरिकाले पुग्नु राम्रो हो । तपाईंले यी कुरा नबुझेर अनलाइन न्यूज पोर्टलाई रेंकिङ्ग गर्दै हुनुहुन्छ । यसकारण भ्रमका पछाडि र धम्क्याउनेका पछाडि नलाग्नुहोस । तपाईंको विवेकले अनलाइन छान्नुहोस् ।

सत्य तथ्य घट्नाहरुमा अधारित रहि संचार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । संसारको माध्यमबाट पत्रकारको जानकारीले नै सबै सामु पुर्याउन सकिन्छ । पत्रकारिता राज्यको महत्वपूर्ण अंग हो । यसलाई राज्यको चौथो अंगको रुपमा राखिएको हो र छ ।

राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारितालाई प्रयोग गर्न सकिएको छैन । घटनाहरुको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतिकरण नै पत्रकारिता हो । जसमा कहॉ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरु (पॉच डब्ल्यू र दुई सी) लाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ । यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुन्छ ।

छापा तथा विद्युतीय माध्यमका आमसञ्चारको विस्तारले गुणात्मक फड्को मारे पनि सरकारको पूर्ण वा आंशिक संलग्नता रहेका सञ्चार माध्यम (हुलाक, रेडियो, टेलिभिजन, समाचार संस्था तथा पत्रपत्रिका) हरूको क्षेत्रमा सामयिक सुधारको खॉचो छ । निकायले पनि वर्गिकरणमा असमानता प्रस्तुत गर्दा समग्र नहुनेले पत्रकारिताबाट ओझेल पर्दै गएको तितो यथार्थ नबुझेको जस्तो गरिँदैछ ।

विष्णुप्रसाद खनालका अनुसार, ‘पत्रकारिताको विधा अत्यन्तै व्यापक भइरहेको आजको सन्दर्भमा सञ्चारको प्रभावकारिता र सम्बादको प्राचुर्यले दुईवटा परिस्थिति खडा गरेको छ । जसले एकातिर सामाजिक र राजनीतिक निर्णय प्रक्रियामा दूरगामी प्रभाव पार्ने गरेको छ भने अर्कोतिर यस्तो परिस्थितिले आज प्रत्येक व्यक्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृतिमा रुमल्लिन पुग्नुको साथै पाठक, दर्शक र स्रोतालाई एक विश्वव्यापी गाउँमा समेटेको छ ।’

नेपाली पत्रकारितामा समाचार लेखन शैली, समाचारको स्रोत, समाचारको कोण, समाचारका अङ्ग, समाचारको मूल्य, सान्दर्भिकता, सम्पादन क्षमता, समाचारको सन्तुलन, विश्वसनीयता, स्पष्टता, शब्दको मितव्ययिता, अर्थपूर्णता, समाचार शीर्षक, क्याप्सन, शैली पुस्तक, अन्तर्वार्ता रणनीति, कार्यप्रणाली, पत्रकारिताको भूमिका एवं लेखनको शुरुवातजस्ता विषयहरुमा (१९१९ सुरुवात भएपनि) अहिलेसम्म प्रभावकारिता ल्याउन सकिएको छैन ।

सूचना सञ्चारको क्षेत्रमा विश्वमा भएको द्रूततर प्रगतिले नेपालमा पनि तदनुरूप नयाँ प्रविधि ग्रहण गर्न प्रोत्साहित गर्नुपर्नेमा राज्य निरंकुश बन्दै गएको छ । उसैको वाहीवाही गर्नेलाई काखा र नगर्ने तथा आलोचना गर्नेलाई पाखा नीतिमा अभ्यस्त बन्दै गएको छ । मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउँदै लैजानु पर्नेमा सरकार झनै आक्रमक शैलीमा पत्रकारिता स्वाहाः गर्ने रणनीतिमा उत्रिएको छ ।

छापा तथा विद्युतीय माध्यमका आमसञ्चारको विस्तारले गुणात्मक फड्को मारे पनि सरकारको पूर्ण वा आंशिक संलग्नता रहेका सञ्चार माध्यम (हुलाक, रेडियो, टेलिभिजन, समाचार संस्था तथा पत्रपत्रिका) हरूको क्षेत्रमा सामयिक सुधारको खॉचो छ । निकायले पनि वर्गिकरणमा असमानता प्रस्तुत गर्दा समग्र नहुनेले पत्रकारिताबाट ओझेल पर्दै गएको तितो यथार्थ नबुझेको जस्तो गरिँदैछ ।

तसर्थ, नखोल्नु भन्न र रोक्न नसकिएला तर अनलाइन न्यूज नेटवर्कको सहकार्यमा विविध काम गर्न सके मात्र अनलाइन न्यूज पोर्टल थप व्यवस्थित र दिगो हुन्छ । नेतृत्वकर्ताले यो कार्यमा तत्कालै कार्य अगाडि बढाउनु जरूरी छ । (लेखक ढुंगाना गाउँसहर डटकमका संवाददाता हुन् । हामीले गाउँसहर डटकमबाट साभार गरेका हौ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*