सुरक्षा प्रत्याभूति नभए बैंक बन्द गर्ने परिसंघको चेतावनी
असार, काठमाडौ – सरकार र सम्बन्धित निकाय मार्फत पूर्णरुपमा सुरक्षाको प्रत्याभूति नभए बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी बैंक तथा वित्तीय संस्था परिसंघले दिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था परिसंघको गत बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन परिसंघले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित सबै समक्ष जोडदार माग गरेको छ । ‘यदि निर्वाध रुपमा सुरक्षित वातावरणमा बैंक तथा वितीय संस्थाले बहन...