सन् २०२४ लाइ बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाइने

असार, हेटौँडा – बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आगमी सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने बताउनु भएको छ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नुहुँदै उहाँले प्रदेश भ्रमण बर्षको रुपमा मनाउने बताउनु भएको हो। त्यस्तै, सरकारले आगमी आर्थिक वर्षबाट तामाङ तथा नेपाल भाषा प्रयोगमा ल्याईने भएको छ ।