मकवानपुरको लागि संघिय सरकारबाट ४ अर्ब २९ करोड ५८ लाख बजेट

तामसालिङ खबर
१७ जेष्ठ २०८०, बुधबार १८:००

जेठ, हेटौडा – मकवानपुरको दश वटा स्थानीय तहका लागि ४ अर्ब २९ करोड ५८ लाख रुपियाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकारले १५ जेठमा संसदमा पेश गरेको बजेटमा पालिकाले पाउने अन्तर सरकारी वित्तिय हस्तान्तरणको बजेटमा उल्लेख गरिएको छ ।

दश स्थानीय तह मध्यमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले संघीय बजेट प्राप्त गरेको छ । हेटौंडा उपमहानगरपालिकाले १ अर्ब १४ करोड ५० लाख रुपैयाँ, थाहा नगरपालिकाले ४५ करोड ४ लाख रुपैयाँ, ईन्द्रसरोवर गाउँपालिकाले २३ करोड ३६ लाख रुपैयाँ, कैलाश गाउँपालिकाले २८ करोड ३२ लाख रुपैयाँ, बकैया गाउँपालिकाले ४६ करोड रुपैयाँ, बागमती गाउँपालिकाले ३५ करोड १४ लाख रुपैयाँ, भीमफेदी गाउँपालिकाले ३४ करोड ४६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले ३ करोड ३८ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले ३४ करोड २३ लाख रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँ संघीय बजेट प्राप्त गर्ने भएका छन् । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट अनुदान वापत यो रकम प्राप्त गर्ने भएका हुन् ।

यस बाहेक स्थानीय तहहरुले संघीय राजश्व बाँडफाँड, प्रदेशको सवारी कर र प्रदेश सरकार अन्तरसरकारी वित्तिय हस्तान्तरण मार्फत बजेट प्राप्त गर्नेछन् भने स्थानीय तहको आफ्नै आन्तरिक स्रोत समेत बजेटमा समावेश हुनेछ ।

कुन पालिकामा कति रकम
हेटौंडा उपमहानगरपालिका १,१४,५०,००,०००/-
थाहा नगरपालिका ४५,०४,,००,०००/-
ईन्द्र गाउँपालिका २३,३६,००,०००/-
कैलाश गाउँपालिका २८,३२,००,०००/-
बकैया गाउँपालिका ४६,००,००,०००/-
बागमती गाउँपालिका ३५,१४,००,०००/-
भीमफेदी गाउँपालिका ३४,४६,,००,०००/-
मकवानपुरगढी गाउँपालिका ३६,३८,००,०००/-
मनहरी गाउँपालिका ३४,२३,००,०००/-
राक्सिराङ गाउँपालिका ३२,१५,००,०००

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*