बागमती प्रदेशमा ६२ अर्ब ७२ करोडको बजेट सार्वजनिक (पूर्ण पाठ)
असार, हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले शुक्रबार बजेट सार्वजनिक गर्नु भएको हो । आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ।
भौतिक मन्त्रालयको लागि सबैभन्दा बढी २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ ।
सरकारले आगमी सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने भएको छ । बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष ५ करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, एक घर एक धारा प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरूलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
हेर्नुहोस् पूर्ण पाठ :
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2023/06/बजेट-वक्तव्य-२०८०।८१_bagamati-pradesh.pdf” title=”बजेट-वक्तव्य-२०८०।८१_bagamati pradesh”]






