कैलाश गाउँपालिकाको ४८ करोड ५९ लाख बजेट

तामसालिङ खबर
१० असार २०८०, आईतवार १९:१८

असार, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आइतबार ४८ करोड ५९ लाख ७५ हजार ६ सय ८० रुपैयाँ बजेट ल्याएको छ ।

गाउँसभाको १२ औं अधिवेशनमा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि उक्त रकमको बजेट ल्याएको जानकारी गराएका हुन् ।

पालिकाले शिक्षातर्फ ९७ लाख १३ हजार रुपैयाँ, स्वास्थ्यतर्फ २३ लाख ५० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख रुपैयाँ, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार रुपैयाँ, खानेपानी तथा सरसफाइतर्फ ३० लाख रुपैयाँ, भाषा तथा संस्कृति प्रबर्द्धनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, सडक तथा झोलुङ्गे पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार, भवन तथा शहरी विकासतर्फ १ करोड १३ लाख ७० हजार, विद्युततर्फ ३० लाख, बिज्ञान, सूचना तथा सञ्चार प्रविधितर्फ १० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

यसैगरी, कृषि क्षेत्रको लागि ३६ लाख ४ हजार रुपैयाँ, पशुपन्क्षीतर्फ ३० लाख ४१ हजार रुपैयाँ, घरेलु तथा लघु उद्योग ६ लाख रुपैयाँ, पर्यटन विकास तथा प्रबद्र्धनतर्फ ३० लाख रुपैयाँ, सहकारीतर्फ २ लाख रुपैयाँ, सिचाईँतर्फ १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, पालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पालिकाले गत वर्षको तुलनामा यस वर्ष करिब २ करोड ५६ लाख रूपैयाँ कम बजेट ल्याएको छ । पालिकाले गत वर्ष ५१ करोड १५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*