राक्सिराङमा दुना टपरी बनाउने १५ दिने तालिम सम्पन्न, २५ जना महिलालाई सीप प्रदान
जेठ, हेटौंडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नं. ३ मा दुना टपरी बनाउने १५ दिने सीपमूलक तालिम शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा लालित्य सेवा प्रतिष्ठानको आयोजनामा सञ्चालित तालिममा स्थानीय २५ जना महिलाहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राज कुमार मल्लले, “सीप र उत्पादनसँगै रोजगारी सिर्जना गर्न यस्ता तालिमहरू निकै उपयोगी छन्।हामीले गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई अझै व्यापक बनाउँदै लानेछौं।” उद्यमशिलतालाई निरन्तरता दिने समुहलाई सक्रियताको आधारमा पालिकाले अनुदान समेत दिने बताउनुभयो । महिला दिदीबहिनीले अब सीप प्रदर्शन गर्दै दुना टपरी तयारी पारेर विक्री गर्न...