शैलुङ साँस्कृतिक पर्यटन महोत्सव हुने
रामेछाप – रामेछापको प्रथम शैलुङ्ग सास्कृतिक पर्यटन महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । रामेछाप र दोलखाको सिमनामा पर्ने प्रसिद्ध पर्यटकीय केन्द्र शैलुङ्गमा गर्न लागिएको प्रथम साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी ८० प्रतिशत सकिएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । वैशाख १३ देखि १५ गतेसम्म रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ्ग गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवको तीब्र तयारी भइरहेकाे बताएको छ । महोत्सव पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै रामेछापको दोरम्बा गाउँपालिकाका अध्यक्ष...