एनएमबी बैंकले युवाका लागि १० लाख कर्जा दिने
काठमाडौं – एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम संचालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशकै रोजगारीको अवसर सृजना हुने गरी उद्यम संचालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो । मंगलबार काठमाडौंमा सो बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग संचालनका लागि १० लाखसम्म कर्जा प्रवारह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । विदेशमा विभिन्न दुःख कष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना...



















