नुवाकोटको म्यागङमा प्याराग्लाइडिङको सफल परिक्षण
नुवाकोट : नुवाकोटको म्यागङ गाउँपालिकामा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । म्यागङ गाउँपालिका वडा नम्बर ४ लुकिन डाँडा बाट परिक्षण उडान गरिएको हो ।
प्याराग्लाइडिङको उडानले नुवाकोटको पर्यटन क्षेत्रले फड्को मार्ने, स्थानीयमा रोजगारीको अवसर हुनुका साथै नुवाकोटको आर्थिक बिकासमा टेवा पुग्ने म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताउनु भएको छ ।
म्यागङ गाउँपालिकामा आन्तरिक एवम बाह्य पर्यटक प्रबर्धनको लागि प्याराग्लाइडिङको परिक्षण उडान गरेको गाउँपालिकाले जनाएको छ । म्यागङ गाउँपालिकाका उपाध्यक्ष्या शान्ति तामाङले गाउँपालिकालाइ समृद्धि तर्फ लैजान पर्यटकीय क्षेत्रको पहिचान गरि त्यसको पुर्वाधार तयार गरिरहेको र त्यसका लागि प्रदेश सरकारले सहयोग गरेको उल्लेख गर्नुभएको छ ।
म्यागङ गाउँपालिका आफैले पर्यटन स्थलहररुको खोजि गरि पहिचान भएको पर्यटकीय स्थलहरुलाइ प्रबर्द्धन तथा पुर्वाधार बिकासका लागि तिन नम्बर प्रदेशले सहयोग गर्ने जनाएको छ ।






