नवलपरासीका युवाले जलाए, एनसेलको सिम

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार २२:४७

नवलपरासी – नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै कावासोती नवलपुरका युवाहरुले एनसेलको सिम जलाएका छन् ।

सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा सिम जलाउँदै नवलपुरका सामाजिक अभियन्ताहरुले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै आजदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा समेत गरेका छन् ।

सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरुले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् । सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ ।

पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*