आर्थिक बर्ष २०७६/०७७ को बजेटसँग जोडिएका ७ विषयहरु यस्ता छन्

तामसालिङ खबर
१९ बैशाख २०७६, बिहीबार १२:५३

काठमाडौं– आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका लागि सरकारले तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बजेट सिलिङ पठाइसकेको छ । अर्थ मन्त्रालयले पछिल्लो समय ढोका थुनेर काम थालेको छ।

यसपटकको बजेट बनाउने चरणमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग पनि थपिएको छ। राष्ट्रिय बजेट बनाउँदा यिनै ३ निकायले मुख्य भुमिका खेलिरहेका छन्।

दुई तिहाइ बहुमतसहितको सरकारले बनाएको यो दोश्रो बजेट हो। समृद्ध नेपाल, सुखी नेपालीको मूलमन्त्र लिएर मुलुक हाँकिरहेको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका केही महत्वपूर्ण विषयहरूलाई यसरी बुदागत रुपमा विश्लेषण गरिएको छ ।

१) वित्तीय संघीयताको पूर्ण अभ्यास
२)पन्ध्रौं पञ्चवर्षीय योजना र २५ वर्षे दीर्घकालीन रणनीतिको आधार
३)वाम गठबन्धनको चुनावी घोषणापत्रको कार्यान्वयन
४)बाध्यकारी दुई विषय : कर्मचारी तलब र सामाजिक सुरक्षाभत्ता वृद्धि
५) श्रोतको व्यवस्थापन चुनौतीपूर्ण
६) हचुवाका आयोजनालाई ‘नो ईन्ट्री’
७) बजेट अगावै प्रतिपक्षको विरोध

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*