४ अर्ब ४३ करोडको तेल भारत निर्यात

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार १०:०४

काठमाडौँ – वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो ।

सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए ।

आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*