भारतले पठायो, पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

तामसालिङ खबर
१७ असार २०८०, आईतवार १८:०८

असार, काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले यो पटक पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । नेपाल आयल निगमलाई आईओसीले १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ।

निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*