ढुंगा, गिटी बालुवाको उत्पादन र बिक्री भोलिदेखि ठप्प हुने

तामसालिङ खबर
१५ असार २०८०, शुक्रबार १८:१०

असार, काठमाडौं – भोलिबाट देशभर बालुवा, ढुंगा, रोडा र गिटीको उत्पादन र बिक्री रोकिने भएको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योग नवीकरण नगरेको भनेर बन्द गर्ने घोषणा गरेको हो । यसभन्दा अघि नै महासंघले सरकारले व्यवसायीको माग सम्बोधन नगरे असार १६ गतेबाट बन्द गर्ने बताएको थियो ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुको माग सम्बोधान गरेकाले भोलिबाट उत्पादन र बिक्री वितरण बन्द गर्ने घोषण गरेको बताए ।

न्यौपानेले भने, ‘हामीले सरकारसँग धेरै पटक क्रसर नविकरणको कुरा उठायौं । तर, हाम्रो माग सम्बोधन नभएकाले नै भोलिबाट क्रसरबाट उत्पादन हुने निर्माण सामाग्रीको उत्पादन र विक्री बन्द गरेका छौं ।

सरकार सँग हामीले सिस्टम खोजेका हौं । कानुनी मापदण्ड पुरा गरेर व्यवसायीहरुले क्रसर सञ्चालको लागि लाइसेन्स लिएका छन् । ती उद्योगहरु नै नविकरण गर्नु पर्यो भनेर बन्दको घोषणा गरेको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*