सहकारी समस्या समाधान गर्न संघीय सरकारलाई ज्ञापनपत्र
जेठ, हेटौडा – राष्ट्रिय सहकारी महासंघले सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषण गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आईतबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई १३ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएको छ। सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरको संयोजनमा मकवानपुरका सहकारी अभियानको तर्फबाट ज्ञापनपत्र बुझाईएको हो। बर्तमान बिशम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका प्रवद्र्धनात्मक ब्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले गत बैशाख १७ गते सरकार समक्ष पेश गरेको मागहरुलाई सरकारले हालसम्म बेवास्ता गरेको र सो मागहरु संवोधन गर्न अनिवार्य भएकोले...