मनहरीका वडाअध्यक्ष अधिकारी घरमै पुगी बाड्छन, सामाजिक सुरक्षा भत्ता

कार्तिक, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका ५ नम्बर वडाको वडाध्यक्ष दीपेन्द्र अधिकारी । उहाँले आर्थिक बर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ३० जना बिरामी, अशक्त र अपाङ्ग बृद्धबृद्धाहरुलाई घरमै पुगी वितरण गर्नु भएको छ। ३० जना अशक्त, अपाङ्ग बृद्धबृद्धाहरु सहित ३ सय ८८ जनालाई सांग्रिला बैंक रजैया शाखाको प्राबिधिक सहयोगमा सोमबार र मंगलबार दुइ दिन ५ नम्बर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । जनता संग गरेको बाचा अनुसार आफु जितेर आएपछि गत असार महिनाबाट वडाबाटै वितरण कार्य शुरु गरेको, दोस्रो पटक पनि वडा कार्यालयबाटै...