व्यवसायीहरुको समस्याप्रति मउवा संघ गम्भीर छ – वरिष्ठ उपाध्यक्ष अग्रवाल

तामसालिङ खबर
१२ आश्विन २०७९, बुधबार १६:३८

असोज, हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले व्यवसायीहरुको समस्याप्रति संघ गम्भीर रहेको बताएका छन् ।

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले कोरोनापछिको समय व्यवसायीको लागि अति कष्टकर रहेको बताए ।

व्यवसाय थप्प, बैंक, सहकारी तथा वितिय संस्थाले किस्ता र व्याजको लागि ताकेता गर्दा चाडपर्व आएतापनि व्यवसायीहरुको मुहारमा खुसीयाली नआएको र उद्योग वाणिज्य संघ व्यवसायीहरुको समस्याप्रति गम्भीर हुँदै समाधानको लागि प्रयासरत रहेको बताउँदै व्यापारीहरुलाई हतास नहुन आग्रह गरे ।

बिहीबार निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालकृष्ण बजगाईंको सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा मउवा संघका उपाध्यक्षद्वय प्रमोदसिंह रानाभाट,राजु अधिकारी, कार्यसमिति सदस्यहरु नेत्रप्रसाद खतिवडा, तेजराज अधिकारी, प्रदिप अर्याल र बिकेशलाल श्रेष्ठ, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष मनोज जालान लगायत हार्डवेयर व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष रोशन सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*