मानव उत्थान कृषि सहकारीको अध्यक्षमा पून: छ्युमी

तामसालिङ खबर
९ आश्विन २०७९, आईतवार ०७:५१

असोज, हेटौडा – मानव उत्थान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पून: सूर्य बहादुर छ्युमी चयन भएका छन् । हेटौँडा १३ बनस्पतिमा रहेको संस्थाको शनिबार सम्पन्न १० औँ साधारण सभा तथा चौँथो अधिवेशनबाट अध्यक्षमा छ्युमी निर्विरोध चयन भएका हुन् ।

संस्थाको उपाध्यक्षमा शोभा थापा बरुवाल, सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा विष्णु रिमाल, कर्ण बहादुर मोक्तान र सुजिना डिम्डुङ चयन भएका छन् । यस्तै उदय खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । लेखा सदस्यहरुमा विमला राना मगर र रोजिना वर्तौला रहेका छन् ।

यसअघि संस्थाको १० औँ साधारण सभामा बोल्नु हुँदै कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहकारीले कृषकहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्नका लागि जोडका दिएका छन् ।

नेपाल कृषि प्रधान देश भनिएता पनि मलको उचित उपलब्धताको अभावले गर्दा चामल, कोदो विदेशबाट निर्यात गर्नु विडम्बना रहेको उहाँले बताउनु भयो । कृषि सहकारीले कृषकहरुलाई कृषिमा निरभर हुन, कृषिमा आधुनिकीकरण ल्याउन, कृषकलाई व्यवसायिक कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

कृषि जबसम्म उद्योगमा जोडिदैन, तवसम्म कृषिले कुनै फड्को नमार्ने उहाँले बताउनु भयो । कृषि उद्योगीसंगै जोडिए अर्थ उपार्जनमा समस्या नपर्ने घलानले औल्याउनु भयो । झोले किसानले गर्दा वास्तविक किसानहरु मारमा परेको समेत उहाँले बताउनु भयो ।

साधारणसभामा संस्थाका सचिव कृष्ण दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश लामाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७० सालमा २५ सदस्यीय स्थापना भएको सहकारीको हाल ४ सय ३७ जना सेयर सदस्य रहेको अध्यक्ष छ्युमीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा १३ नम्बर वडा सदस्य उत्तम गोम्जा, धावा लामा, सानुमाया नेपाली, हेटौँडा उपमहानगरपालिका सहकारी विभागका सुस्मिता महत, टोल विकास नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, १३ नम्बर टोल विकास समन्वय समितिका अध्यक्ष बालकुमार श्रेष्ठ, पदमपोखरी प्रहरी चौकी इञ्चार्ज अरविन्द कुमार यादव, श्री युग चेतना नमुना आधारभूत विद्यालयका प्रअ जयन्तिकुमारी पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजकुमार स्याङतान, साहारा टोल विकास समितिका अध्यक्ष अशोककुमार डिम्डुङ लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता प्रेम बहादुर सुनार, उत्कृष्ट ऋणी आश बहादुर मोक्तान, उत्कृष्ट कृषक कर्ण बहादुर मोक्तान, जेष्ठ सदस्य सूर्याकुमारी वाइबा लगायत संस्थाका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*