४ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार १५:२६

कार्तिक, हेटौडा – महिला अभियान बचत तथा ऋण सहकारी संस्था भिमफेदी गाउँपालिका ४ निबुवाटारकाे आयाेजनामा साकाेस सञ्चालकहरूकाे क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष भीमकुमारी थापा मगरको सभाध्यक्षतामा गत असोज ३१ गते देखि कार्तिक ३ गते ४ दिन सम्मको क्षमता अभिवृद्धि तालिम थाहा नगरको दामनमा भएको थियो।

तालिममा व्यवस्थापन समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण, ऋण उप-समिति र कर्मचारी गरि १६ जनाको सहभागीतामा नेफ्स्कुनका कार्यक्रम अधिकृत बिदुर खड्का र रबिन्द्र श्रेष्ठ द्वारा प्रशिक्षण दिनु भएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*