लघुवित्तलाई कस्ने नीति ल्याउँदै राष्ट्र बैंक
फाल्गुन, काठमाडौं – पछिल्लो समय समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कस्ने नीति ल्याउने तयारी गरेको छ । लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकले तोकिदिएको दायराभन्दा बाहिर गएको भन्दै चाँडै लघुवित्त वित्तीय संस्थालाई कडाई गर्ने निर्देशन जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले धेरै लघुवित्तबाट ऋण लिन नपाउने गरी व्यवस्था गर्न लागिएको बताए । यस्तै, सेवा शुल्क पनि एक वर्षमा १.५ प्रतिशतभन्दा बढी लिन नपाउने, १५ प्रतिशतभन्दा बढी ऋणको ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने उनले बताए ।...