थाहानगरको ७ महिनाको वित्तिय प्रगति ३२ प्रतिशत

फाल्गुन, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुर थाहा नगरपालिकाको सात महिनाको वित्तिय प्रगती ३२ प्रतिशत रहेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को आम्दानी खर्चको विवरण आफ्नो आधिकारिक वेभसाइट मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सात महिनाको प्रगती ३२.७२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब १७ करोड २ लाख १२ हजार ८६२ मध्ये ३६ करोड ४० लाख १९ हजार ५३० रुपियाँ पैसा ८२ खर्च गरेको सार्वजनिक विवरणमा उल्लेख छ । विवरण अनुसार चालु खर्च ४३.७८ र पुँजीगत खर्च २१.६६ प्रतिशत रहेको...