राक्सिराङ गाउँपालिकाले एक्साभेटर मेसिन खरिद

तामसालिङ खबर
१६ पुष २०७९, शनिबार १३:०३

पुष, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक्साभेटर खरिद गरेको छ। चालु आर्थिक वर्षको विनियोजित बजेटबाट १ करोड १० लाख खर्चेर पालिकाले आफ्नै मेसिन खरिद गरेको हो ।

भौगोलिक विकटता संगै वर्षायाममा आउने बाढी, पहिरोले सडक बाटो भत्काइदिने भएकोले आफ्नै साधन भएपछी तत्काल समस्या समाधान गर्न सकिने भएकोले एक्साभेटर खरिद गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनु भयो । उहाको अनुसार, यी एक्साभेटर मेसिन ल्याएपछि प्रत्येक आर्थिक बर्षमा पालिकाभित्र हुने ठुला साना योजनाका कार्यमा खर्च कम गर्न सकिने भएको छ ।

पालिकासंग आफ्नै मेसिन भएपछि विकास निमार्णका कार्य गर्न सहजता मिल्ने गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले बताउनु भयो । पालिका एउटा लक्ष्यमा सफल भएको बताउँदै आगामी आर्थिक वर्षमा लोडर खरिद गरेर अझै स्रोत साधनले सम्पन्न गाउँपालिका बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*