मंगलदिपको ८ औं साधारण सभा सम्पन्न, २१ करोडको कारोबार
भदौं, हेटौडा (थाहानगर) – ललितपुर जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले थाहा नगरपालिका सदस्य सेवा केन्द्रको ८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा १० महिना अगाडी आफ्नो शाखा बिस्तार गरि सेवा प्रदान गरिरहेको सस्थाको ८ औ बार्षिक साधारण सभा थाहा नगरपालिकाको प्रमुख बिष्णुबहादुर बिष्ट ‘आदर्श’ को प्रमुख आतिथ्यता तथा सस्थाको अध्यक्ष नवराज बिष्टको अध्यक्षतामा भएको थियो ।
सस्थाका सदस्यहरुको बचतको सुरक्षाको लागी सेवाको स्तरलाइ सुढृढ बनाउदै, प्रभावकारीतामा वृद्धि गर्न सुझाव दिदै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको भुमिका अपरिहार्य भएको बताउदै सदस्यहरुको आर्थिक सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक निजि र सहकारी क्षेत्र सहितको तीन खम्बे अर्थनीतिलाई प्राथमिकतामा राखी आफ्नो भुमिका खेले थाहा नगरको पनि आर्थिक समृद्धिमा टेवा पुग्ने नगर प्रमुख बिष्टले बताए ।
नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहकारीले सदस्यहरूमा पुर्यायको सेवा र बिबिध कृयाकलापले सदस्यहरूको आर्थिक, सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिबृद्दी गर्न मद्दत पुगेको बताउदै छोटो समयमानै थाहा नगरमा स्थापित हुन सफल भएको भन्दै संस्थालाई शुभकामना दिनुभएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष नवराज बिष्टले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आफ्नो कार्यक्षेत्र भित्र छुट्टै पहिचान स्थापित गरि सामाजिक मर्म अनुरुप संचालित भई छोटो अबधिमा आफुलाइ एक कुशल संस्थाको रुपमा परिचित गराउन सफल रहेको बताउदै संस्थाले सरोकारवाला ब्यक्ति, समुदाय, बुद्दिजिबी, सहकारी बिभाग, सरकारी निकायका नीति निर्देशन पुर्णरुपले पालना गर्दै सहकारी एन २०७४ को कार्यान्वयनमा लागिरहने प्रतिबद्धता सहितको प्रतिबेदन प्रस्तुत गरेको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७८/०७९को असार मसान्तसम्म २ करोड १६ लाख बचत तथा अन्य शिर्षक तर्फ १५ करोड ४८ लाख ,ऋण सुरक्षण कोष ४८ लाख ५१ हजार भै,लगानी तर्फ १६ करोड ३६ लाख तथा आम्दानी २ करोड ८१ लाख गरि खर्च तर्फ २ करोड ७३ लाख ,संभावित नोक्सानी फिर्ता ६ लाख ६६ हजार गरि १५ लाख ३ हजार मुनाफा गर्न सफल रहेको बताउदै आर्थिक बर्ष ०७८/०७९ मा २० करोड ८० लाख ८४ हजार बराबरको आर्थिक कारोबार गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गरे। सभालाई संस्थाका सचिब प्रलाद महतले स्वागत गरेका थियभने अनिता बिष्टले संचालन गरेका थिए ।
कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली, थाहा ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, इप्रका पालुङका प्रमुख दुर्गा खनाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुशोत्तम कार्की, शिखर बचतका अध्यक्ष मधुसुदन बिष्ट, कुण्डलदेवी बहुउद्देश्यीयका ब्यबस्थापक राजन मिश्र, सहयोगी बचतका ब्यबस्थापक मोहनमान श्रेष्ठ, पाथिभरा बचतका अध्यक्ष गोकर्ण बरुवाल, ग्रामीण पर्यटन ब्याबसायी सहकारीका अध्यक्ष शिवहरी बर्तौला, शिखरकोट बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, मुक्तिनाथ हरियाली कृषि सहकारीका अध्यक्ष माधव कार्की, पालुङ्ग जेसिजका अध्यक्ष जयराम खत्री, नेपाल लाइफ इन्स्योरेन्स पालुङ शाखा प्रमुख नरहरी पौडेल ,सेन्चुरी कमर्सियल दामनका प्रमुख आशिष गौतम, थाहापाटी अनलाइनका कार्यकारी सम्पादक शम्भु अधिकारी लगायत संघसंस्था तथा बित्तिय संस्थाका प्रतिनिधि तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।







