लघुवित्त संस्थाविरुद्ध हेटौडामा प्रदर्शन

तामसालिङ खबर
१९ फाल्गुन २०७९, शुक्रबार ०६:३०

फाल्गुन, हेटौंडा – लघुवित्त संस्थाहरुको ज्यादतीको बिरुद्धमा मंगलबार हेटौंडामा विरोध प्रदर्शन भएको छ । बागमती प्रदेश लघुवित्त संस्था बिरुद्धको संघर्ष समितिले हेटौंडा उपमहानगरपालिका नजिकै नेपाल सरकार सँग ५ बुँदे मागसहित बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको हो ।

उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लिइएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*