जमादार ग्रुपको ‘स्वदेशी सुपर मार्केट’ आजबाट सन्चालनमा आउदै

तामसालिङ खबर
२८ बैशाख २०८०, बिहीबार ०६:२५

बैशाख, हेटौडा – हेटौडामा आजबाट जमादार ग्रुपद्धारा सञ्चालित स्वदेशी सुपरमार्केट सञ्चालनमा आउने भएको छ । हेटौंडा २ कान्तिराजपथ स्थित जमादार ग्रुपको स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै ग्रुपले सुपरमार्केटका विषयमा जानकारी दिइएको थियो ।

सुपरमार्केटका निर्देशक अमित अग्रवालले करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइने बताएका छन् । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, उनले भने । सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामाग्रीहरु सुपथ मूल्यमा पाइने जनाइएको छ ।

आज नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा सुपर मार्केटको समुद्घाटन गरिने तयारी रहेको अग्रवालले बताए । साथै कार्यक्रममा नायिका केकी अधिकारी, वर्षा शिवाकोटी, हास्य कलाकार जीतु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको पनि उपस्थिती रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*