स्टार्ट अप कर्जाका लागि ८४ परियोजनाको प्रस्ताव

तामसालिङ खबर
१० बैशाख २०८०, आईतवार ०७:४२

बैशाख, काठमाडौ – स्टार्ट अप व्यवसाय कर्जाका लागि हालसम्म उद्योग विभागमा ८४ ओटा परियोजनाको प्रस्ताव आएको छ । स्टार्ट अप उद्यम कर्जाका लागि विभागले परियोजना प्रस्ताव माग गरेको १८ दिनमा कर्जाका लागि त्यति प्रस्ताव दर्ता भएको हो ।

उद्योग विभागले चैत १६ गते स्टार्ट अप उद्यमको कर्जाका लागि परियोजना पेश गर्न २१ दिने सूचना जारी गरेको थियो । वैशाख ६ गते बुधवार यसको म्याद सकिँदै छ । यस्तो उद्यम गर्न चाहनेका लागि सघाउन स्टार्ट अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७९ ल्याइएको थियो ।

त्यस अनुसार अहिले कर्जा उपलब्ध गराउन परियोजना प्रस्ताव गर्न माग गरिएको छ । कार्यविधि अनुसार यस्तो कर्जा विभिन्न १४ ओटा क्षेत्रमा स्टार्ट अप उद्यम गर्नका लागि पाइनेछ ।

कार्यविधिमा तोकिएका दर्जनभन्दा बढी क्षेत्रमध्ये दुईओटामा बढी परियोजना प्रस्ताव गरिएको छ । सबैभन्दा धेरै परियोजना प्रस्ताव कृषि तथा पशुपक्षीमा आधारित र सफ्टवेयरसँग सम्बद्ध रहेको विभागले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*