थाहाका महिलाहरुको पौरख, लाेभलाग्दाे डल कुशन

तामसालिङ खबर
२१ चैत्र २०७९, मंगलवार ०८:०१

चैत्र, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी नगर थाहा नगर वडा ३ महिलाहरुको आकर्षक डल कुशन बनाएका छन्। थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत १५ दिने डल कुशन बनाउने सिप तालिम गरेको थियो।

महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडाध्यक्ष्य हिरेन्द्रकुमार रायमाझीले महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- ‘सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला’ ।

रायमाझी १७ फागुनमा आयाेजित थाहा-३ का २२ जना महिलाहरु सहभागी डल-कुशन तालिमकाे समापन समाराेहमा उपस्थित थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण गरे बजारकाे लागि वडा कार्यालयले सहयाेग गर्ने वचन दिए ।

प्रशिक्षक सरिता थापाले महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । तालिममा महिलाहरुले गणेश, खरायाे, कुकुर र टेडीकाे डल बनाउन सिकेका छन् भने दुईथरी फूल र प्रेम(मुटु)काे कुशन बनाउन सिकेका छन् ।

तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे । महिलाहरुले बनाएकाे डल-कुशन हेरेर थाहा-३ का वडा सदस्य पवित्रा ठकुरी, सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ईश्वरबहादुर कार्की, उद्यम विकास सहजकर्ता सुनिता बुढा क्षेत्री र दिक्षा पाण्डे लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।

चालु वर्ष थाहा नगरपालिकाकाे ३ र ४ नं. वडामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) सञ्चालन भइरहेकाे छ । अहिलेसम्म ३ नम्बर वडामा अचार बनाउने तालिम र डल-कुशन बनाउने तालिम सकिएकाे छ भने सिलाइ-कटाइ र अल्लाेकाे कपडा बनाउने तालिम चलिरहेकाे छ ।

त्यस्तै थाहा-४ मा बाँस तथा निगालाेकाे हस्तकला सामग्री बनाउने तालिम सम्पन्न भइसकेकाे लघु उद्यम विकासका कार्यक्रम अधिकृत कुमार नेगीले जानकारी दिए । महिलाहरुले बनाएकाे बाँसकाे मुडा, र्याक, फाेटाे फ्रेम, कलमदानी, फूलदानी, अचार, डल र कुशन विक्रीका लागि थाहा-४ स्थित काेशेली घरमा राखिएकाे छ । थाहा टाईम्स डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*