बागमती प्रदेशको कृषि मन्त्रालयद्वारा ८ वटा कृषि फार्मलाई ५४ लाख राहत

तामसालिङ खबर
५ असार २०८०, मंगलवार ०७:१०

असार, हेटौडा – बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत वितरण गर्ने भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपदका समयमा क्षति पुगेका प्रदेशका ८ वटा कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आपतकालीन र आकस्मिक रोग र क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकहरुलाई राहत वितरण कार्यविधि, २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकहरुवाट गत मंसिर महिनादेखीनै कागजात सहित आवेदन माग गरेको थियो ।

जसअनुसार आवेदन प्राप्त भएका ४० कृषकहरु मध्येबाट प्राप्त भएकोमा ८ वटा कृषी फार्महरुलाई राहत प्रदान गर्ने भएको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत एवम् प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

बैठकले काभ्रेका ८ वटा कृषि फार्महरु नोवेल कृषि फार्म धुलिखेल ६ लाई ५ लाख ७० हजार, हाम्रो माँझीफेदा पशुपालन तथा कृषि फार्म चौरीदेउराली ३ लाई ३६ हजार रुपैयाँ, दाजुभाई एकीकृत बहुउद्देश्य कृषि फार्म पनौती ९ लाई ३५ हजार रुपैयाँ, गैरीगाँउ कृषि तथा पशुपन्छी फार्म पनौती ५ लाईलाई ८ लाख २० हजार, टिम भिजन एग्रिकल्चर फार्म पनौती ५ लाई १० लाख रुपैयाँ, श्रेष्ठ बंगुर फार्मलाई पनौती–१० लाई १० लाख रुपैयाँ, एसएस बंगुर माछा तथा कृषि फार्म बनेपा ७ लाई १० लाख रुपैयाँ र उभौली हाम्रो बंगुर फार्म पनौती १० लाई १० लाख रुपैयाँ गरी मन्त्रालयले ५४ लाख ६१ हजार रहात प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कँडेलले बताए।

बाँकी रहेका ३२ वटा आवेदनहरुको आवश्यक कागजात नपुगेकाले छानबिन गरी अर्को बैठकले निर्णय गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*