राक्सिराङ गाउँपालिकाले ल्यायो, ५७ करोड ८८ लाखको बजेट (पुर्णपाठ हेर्नुहोस्)

असार, हेटौडा (राक्सिराङ) – मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५७ कराेड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँकाे बजेट सार्वजनिक गरेकाे छ । शनिबार भएकाे गाउँसभाकाे १४ ओैं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले आगामी वर्षकाे आम्दानी र खर्चकाे अनुमान गाउँसभामा पेश गरेका हुन् ।
चालुु वर्षकाे तुलनामा आगामी वर्षकाे बजेट करिब १० कराेड रुपैयाँ कम हाे । चालू वर्षमा ६६ कराेड रुपैयाँकाे बजेट कार्यान्वयन गरिएकाे गाउँपालिकाले संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटाैती भएपछि आगामी वर्षकाे बजेट करिब १० कराेडले घटाइएकाे हाे ।
गाउँपालिकाले आगामी आवमा पुँजीगततर्फ २४ कराेड ५३ लाख ६५ हजार र चालुतर्फ ३५ कराेड ४१ लाख ६० हजार रुपैयाँ छुट्याएकाे छ । गाउँपालिकाले सामाजिक विकास तर्फ २२ कराेड ६७ लाख ७८ हजार रुपैयाँ विनियाेजन गरेकाे छ । शिक्षा तर्फ १५ कराेड ७२ लाख रुपैयाँ छुट्याइएकाे छ भने सडक, पुल तथा झाेलुङ्गे पुलकाे लागि ४ कराेड ९९ लाख रुपैयाँ विनियाेजन गरिएकाे छ ।
भवन तथा सहरी विकासतर्फ १ कराेड ३० लाख विनियाेजन गरिएकाे छ भने खानेपानीतर्फ १ कराेड ६० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकाे छ । स्वास्थ्यतर्फ ४ कराेड ७० लाख रुपैयाँ छुट्याएकाे गाउँपालिकाले कृषितर्फ १ कराेड ७२ लाख रुपैयाँ विनियाेजन गरेकाे छ । पूर्वाधार विकासतर्फ ७ कराेड९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकाे छ । विपद व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियाेजन गरेकाे गाउँपालिकाले उद्याेग, राेजगारी पर्वर्धन तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ विनियाेजन गरेकाे छ । सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ छुट्याइएकाे छ ।
महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित र पिछडिएका वर्गकाे उत्थान र प्रवर्धनात्मक कार्यक्रमकाे लागि गाउँपालिकाले कुल २८ लाख रुपैयाँ छुट्याएकाे छ । खर्च बेहाेर्ने स्राेतमध्ये आन्तरिक स्राेतबाट ५ कराेड ४ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएकाे छ ।
संघीय सरकारबाट जम्मा ४२ कराेड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकाे छ भने प्रदेश सरकारबाट ७ कराेड ७९ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएकाे छ । स्थानीय राजस्व संकलनबाट २ कराेड ४५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएकाे छ ।
पूर्ण पाठ हेर्नुहोस् –
बजेट तथा कार्यक्रम , २०८०-०८१