गायक प्रकाश तामाङको ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक (भिडियो)

असोज, हेटौडा – मकवानपुरका गायक प्रकाश तामाङको स्वरमा दशैँ तिहारको नयाँ गीत सार्वजनिक भएको छ । ‘दशैँ आयो तिहार आयो’ बोलको गीतमा गायक प्रकाश तामाङ, गायिका सुमिना लो, सुलभ तामाङ्ग र सृजना तामाङ्गको स्वर रहेको छ । मोक्तान डिजिटलको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा सुलभ तामाङ्गको शब्द रहेको छ भने संगित सुलभ र गायक प्रकाश तामाङ्गले नै भरेको छ । म्युजिक भिडियोमा गायक प्रकाश तामाङ, नग्मा श्रेष्ठ, चर्चित ढुंगेल, पार्वती वाईबा र जङ्बु श्रेष्ठ तथा बाल कलाकार आलोक रानाभाट र दिपिका पाठकको अभियन रहेको छ...